
काठमाडौं, फागुन १६ । नरन्तरजसो उकालो लाग्दै आएको सुन चाँदीको मूल्यमा शुक्रबार भने सामान्य कमी आयो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ५ सयले घटेर ७९ हजार २ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन २ सयले बढेर ७९ हजार ७ सयमा कारोबार भएको थियो । यस दिन चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ घटेर ८ सय ८० मा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रति औंन्स १६ सय ३५ डलर हाराहारीमा कारोबार भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस्