Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


गण्डकीमा १४ सयले लिए निर्ब्याजी कर्जा


169
Shares

काठमाडौं । गण्डकी प्रदेश सरकारले कोरोनाबाट प्रभावित उद्योगी व्यवसायीहरुलाई निर्ब्याजी कर्जा उपलब्ध गराउँदैआएको छ ।

अहिलेसम्म चौध सय व्यवसायीले त्यस्तो कर्जा लिएका छन् । चालु आर्थिक वर्षको असोज मसान्तसम्म व्यावसायीहरुले १ अर्व २९ करोड रुपैयाँ कर्जा लिएको नेपाल राष्ट्र बैंकको पोखरा शाखाले जनाएको छ ।

हाल प्रदेशका १८ वटा बैकका चार सय शाखाबाट कर्जा प्रवाह भैरहेकोछ । लक्षित समुहले अपेक्षा गरे अनुरुप कर्जा नलिएकोले प्रदेश सरकारले वाणिज्य बैँक सहित विकास बैँकबाट पनि कर्जा प्रवाह गर्ने जनाएको छ ।

उक्त कोषले साना तथा मझौला व्यवसायीलाई थप राहत हुने देखिएको छ । न्युनतम ५० हजार देखि १५ लाखसम्म निर्ब्याजी कर्जा प्रवाह भएको हो ।

यस्तो ऋण ३ वर्षसम्म प्रयोग गर्न पाइनेछ ।