१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


‘मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा शेयर बजारको लागि सकारात्मक’


351
Shares

काठमाडौं । वित्तीय विश्लेषक अनलराज भट्टराईले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा शेयर बजारको लागि सकारात्मक रहेको बताउनुभएको छ ।

प्रत्यक्ष शेयर कर्जा मात्रै ८७ अर्ब बढी पुगेको अवस्थामा शेयर कर्जा घटाएका कारण बजार बिग्रियो भन्नु समाचार मात्रै भएको टिप्पणी गर्नुभयो । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत साना लगानीकर्तालाई संरक्षण गर्ने काम गरेको तर ठूला लगानीकर्ताले चलखेल गरेको भट्टराईको आरोप छ ।

नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले भने मौद्रिक नीतिको समीक्षामा शेयर बजारप्रतिको धारणालाई लिएर नकारात्मक टिप्पणी गर्नुभएको छ । समीक्षामा केन्द्रीय बैकले धितोकर्जामा ४/१२ को सीमा परिमार्जन नगर्नु शेयर बजारलाई हेर्ने दृष्टि नै राम्रो नभएको पुष्टि भएको बताउनुभयो ।

अर्थमन्त्रालय र राष्ट्र बैंकले लिने नीति, नियामक निकायको गलत प्रचार, ६ महिनासम्म नियामकमा नेतृत्व बिहिन अवस्थाले बजार ओरालो लागिरहेकोे पोख्रेलको टिप्पणी छ ।

नेपाल राष्ट्र बैंकले समीक्षामा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ट्रष्ट रिसिट लगायतका आयात कर्जा, व्यक्तिगत कर्जा, शेयर धितो कर्जा, जग्गा प्लटिङ सम्बन्धी रियल स्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जाको जोखिम भारमा पुनरावलोकन गर्ने नीति ल्याएको छ ।

मौद्रिक नीतिमा अन्तर बैंकिङ ब्याजदरलाई विद्यमान ५ प्रतिशतबाट २ प्रतिशतले थप गरी ७ प्रतिशत कायम गरेको छ ।