केन्द्रीय सदस्य बर्तौलाद्वारा राप्रपा परित्याग « Imagekhabar – Online News Portal of Nepal
२४ श्रावण २०७९, मंगलवार | Tue Aug 9 2022


केन्द्रीय सदस्य बर्तौलाद्वारा राप्रपा परित्याग


234
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य राजाराम बर्तौलाले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ ।

राप्रपा महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको हस्तक्षेपबारे छानबिन गर्न माग गरिए पनि नेतृत्वले बेवास्ता गरेका कारण आफूले बाध्य भएर पार्टी छोडेको बर्तौलाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पार्टीभित्र गम्भीर सैद्धान्तिक विचलन र स्वेच्छाचारिता मौलाएको हुँदा यो अवस्थामा नैतिकरूपमा पार्टीभित्र बस्न सक्ने आधार समाप्त भएकोले नैतिकताको आधारमा आजैका मितिदेखि साधारण सदस्यसमेत नरहने गरी केन्द्रीय सदस्य पदबाट राजीनामा दिएको छु’, विज्ञप्तिमा भनिएको छ ।

केही समयअघि मात्रै पूर्वअध्यक्ष कमल थापाले पनि पूर्वराजा र निर्मल निवासले गरेको हस्तक्षेपको छानबिन नभएको भन्दै पार्टी परित्याग गर्दै पुरानै पार्टी राप्रपा नेपाललाई ब्युँताउनुभएको थियो ।

बर्तौला, थापा नेतृत्वको राप्रपा नेपालमा प्रवेश गर्दैछन् ।