Logo १७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026


डिजेल र पेट्रोलमा लगाइँदै आएको पूर्वाधार विकास कर बढाएर १० रुपैयाँ पुर्‍याइयो


0
Shares

काठमाडौं, फागुन १५ । सरकारले पूर्वाधार विकास कर बढाएको छ ।

पूर्वाधार विकासका लागि भन्दै डिजेल र पेट्रोलमा लिँदै आएको कर बढाएको हो ।

बिहीबार मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबारको मन्त्रिपरिषद्को बैठकले पेट्रोल तथा डिजेलमा लगाउँदै आएको पाँच रुपैयाँको कर बढाएर १० रुपैयाँ पुर्‍याउने निर्णय गरेको जानकारी दिए ।

यसअघि २०७३/०७४ को बजेटदेखि पूर्वाधार विकास कर भनेर बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको लागि लिटरमा पाँच रुपैयाँ सरकारले पूर्वाधार विकास कर उठाउँदै आएको थियो ।

यसरी बूढीगण्डकीका लागि भनेर उठाउन थालिएको रकम नै ४१ अर्ब बढी जम्मा भइसकेको छ । तर, यसको हालसम्म पनि परिचालन हुन सकेको छैन ।

पुस्तकमा लगाइएको कर नहटाइने

यस्तै, सरकारले पुस्तकमा लगाइएको कर पनि नहटाउने स्पस्ट पारेको छ ।

प्रवक्ता डा. खतिवडाले पुस्तक व्यापार पनि अरु व्यापारसरह नै भएकाले कर लगाइएको बताए ।

प्रेस चलाउन पनि कर लगाउनुपर्ने स्थिति आएको र पुस्तक बिक्रीबाट पनि धेरै नाफा हुने भएकाले यो अरु व्यापारसरह नै भएको खतिवडाले उल्लेख गरे ।