Logo १७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026


सेयरबजारमा अर्को रेकर्ड, नेप्से पुग्यो १६३२ विन्दुमा, चार अर्ब ४६ करोडको कारोबार


0
Shares

काठमाडौं, फागुन १५ । निरन्तर ‘बुलिस ट्रेन्ड’ रहँदै आएको सेयरबजारमा साताको अन्तिम दिन बिहीबार पनि सुधार जारी रह्यो ।

यसदिन पनि कारोबार रकम र कारोबार कित्तामा रेकर्ड कायम हुन पुग्यो ।

यसदिन उतार–चढावबीच बजार परिसूचक नेप्से ३६ अंकले उकालो लागेर १६ सय ३२ पुग्यो ।

यसदिन नेप्सेमा हालसम्मकै उच्च चार अर्ब ४६ करोड बढीको कारोबार भयो भने कारोबार सेयर कित्ता पनि एक करोडमाथि पुग्यो ।

यसदिन वाणिज्य बैंकले नेप्से उचालेको हो । यसदिनमात्र वाणिज्य बैंक, विकास बैंक र उत्पादनमूलक समूह उकालो लाग्दा नेप्सेमा उच्च सुधार आयो । अरु सबै समूह ओरालो लागे ।

निर्जीवन बिमा समूह सबैभन्दा उच्च २१३ अंक अनि जीवन बिमा समूह पनि १६४ अंकले ओर्लियो ।

यसदिन व्यापार, अन्य, जलविद्युत्, लघुवित्त र होटल समूह पनि दोहोरो अंकले ऋणात्मक रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १८० कम्पनीको एक करोड ८ लाख कित्ता सेयर चार अर्ब ४६ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।