१ फाल्गुन २०८१, बिहिबार | Fri Feb 14 2025


दिगो विकास र पर्यटनसम्बन्धी सम्मेलन हुँदै


0
Shares

काठमाडौं, फागुन १५ । पर्वतारोहीको बढ्दो चाप तथा हिमालय क्षेत्रमा परेको वातावरणीय प्रभाव न्यूनीकरण गर्नको लागि पाँचौं दिगो विकास सम्मेलन हुने भएको छ ।

नेपाल भ्रमण वर्ष सचिवालय, पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा आगामी जेठ १९ देखि २३ गतेसम्म काठमाडौंमा यो सम्मेलन हुन लागेको हो ।

सम्मेलनमा पर्वतारोहीको बढ्दो चाप तथा अन्य कारणले हिमालय क्षेत्रमा परेको प्रभावको विषयमा कार्यपत्र प्रस्तुत हुने तथा हिमालय क्षेत्रको वातावरणको अवस्थाबारे जानकारी दिइने भ्रमण वर्ष सचिवालय संयोजक सुरज वैद्यले बताए ।

पर्यटन क्षेत्रमा प्रभावकारिता बढाइ दिगो पर्यटन विकासका लागि सम्मेलन फलदायी हुने विश्वास वैद्यले व्यक्त गरे ।

यो सम्मेलन पहिलोपटक संयुक्तराज्य अमेरिकामा भएको थियो । दोस्रो न्यूजिल्यान्डमा, तेस्रो फ्रान्स तथा चौथो पेजल फाउन्डेसन र पाँचौं नेपालमा हुन लागेको जनाइएको छ ।

सम्मेलनमा विभिन्न मुलुकका २०० बढी विज्ञ एवं सरोकारवालाको सहभागिता हुने जनाइएको छ ।