३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


झुठो आश्वासन दिएर ठगी गर्ने एक जना पक्राउ


182
Shares

सुनसरी, फागुन ८ । सुनसरी प्रहरिले झुठो आश्वासन दिएर ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी जिल्ला इटहरी २० बस्ने मन्दु भन्ने जस बहादुर लिम्बू रहेका छन ।

इटहरी २० बस्ने जस बहादुर लिम्बू र इटहरी १२ बस्ने भरत चौधरीले हत्या अभियोगमा तेर्हथुम कारागारमा थुनामा रहेका इटहरी १२ खनार बस्ने तारा कार्की पुरीलाई हाम्रो न्यायाधिश प्रहरीसँग राम्रो सम्बन्ध छ भन्दै श्रीमान सुरेन्द्र पुरी र देवर बालकृष्ण पुरिलाइ थुना मुक्त गराइ दिन्छु भन्ने झुठो ३३ लाख रुपैयाँ ठगेर फरार भएका थिए ।

फरार रहेका जस बहादुरलाई पक्राउ गरेर सम्मानित जिल्ला अदालत सुनसरीबाट म्याद लिइ अनुसन्धा गरिरहेको र फरार भरत चौधरीक्प खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुमार कार्की बताउनुभएको छ ।