
काठमाडौं, फागुन ८ । नेपाली राष्ट्रिय क्रिकेट टिमले त्रिदेशीय अन्तराष्ट्रिय सिरिज खेल्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार नेपालले मलेसिया र पीएनजीसँग सिरिज खेल्ने जनाएको हो ।
क्यानले सामाजिक संजालबाट सिरिज खेल्ने जनाएको छ । तर, क्यानले सिरिजको मिति र खेल हुने स्थानबारे जानकारी दिएको छैन ।
नेपाली टोली अहिले टी–ट्वान्टी विश्वकप छनोटका लागि ओमानमा रहेको छ । नेपालले छनोट अन्र्तगत दुई खेल जितिसकेको छ ।
पहिलो खेलमा ओमानमाथि जित निकालेको नेपालले दोस्रो खेलमा फिलिपिन्सलाई हराएको थियो । छनोट अन्र्तगत नेपालले भोलि क्यानडासँग खेल्दैछ ।
प्रतिक्रिया दिनुहोस्