Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेलद्वारा हिमालयन शेर्पा २-१ ले पराजित


0
Shares

काठमाडौं, फागुन ८ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आइतबार भएको खेलमा जावलाखेल युथ क्लबले हिमालयन शेर्पालाई हराएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा जावलाखेलले हिमालयनलाई २-१ गोल अन्तरले हराएको हो ।

जावलाखेललाई जित दिलाउन रुप बहादुर लामा र ओन्गुना जुनियरले एक एक गोल गरे । हिमालयनका अमृत श्रेष्ठले एक गोल फर्काए । यस जितसँगै जावलाखेल रेलिगेसनबाट जोगिएको छ ।

जावलाखेलले १२ खेलमा १४ अंक जोडेको छ । शेर्पाले १२ खेलमा १३ अंक जोडेको छ । शेर्पा यस अघि नै रेलिगेसनबाट जोगिसकेको छ । यस्तै, दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुँदैछ ।

मनाङ र एनआरटीबीचको खेल पौने पाँच बजे सुरु हुनेछ । मनाङ ११ खेलमा २० अंक जोडेर दोस्रो स्थानमा रहेको छ । एनआरटी ११ खेलमा १७ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।