Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


५६ वर्षीया महिलाको पेटमा ४७ किलोको ट्यूमर

चिकित्सकनै अचम्मित

390
Shares

काठमाडौं । एक भारतीय महिलाको पेटबाट ४७ किलोग्राम ट्यूमर निकालिएको छ ।

भारतको गुजरातमा बस्दै आएकि ५६ वर्षीय ती महिला पछिल्लो १८ वर्षदेखि ट्यूमरबाट ग्रसित थिइन् । शूरुमा ती महिलाले पेटमा दुखाई हुँदा ग्याष्ट्रिक भएको अनुमान गरेकी थिईन । तर, ती महिलाको पेट अचानक बढेका कारण सन् २००४ मा सोनोग्राफी गर्दा पेटमा सानो टयूमर रहेको पत्ता लागेको हो ।

त्यतिबेला शल्यक्रिया अर्थात अपरेशन गर्न उनको स्वास्थ्य अवस्था कमजोर रहेको थियो । तर उनको पेट र दुखाई बढ्दै गएपछि केहि दिन पहिला शल्यक्रिया गरिएको थियो । शल्यक्रिया गर्दा उनको शरीरबाट ४७ किलोको ट्यूमर निकालिएको थियो । द टाइम्स अफ इण्डियाका अनुसार उनको अपरेशन यति भयानक थियोकि अपरेशनको दृश्य देखेर अपरेशन गर्ने चिकित्सकहरु समेत अचम्मित परेका थिए ।

ती महिलाको गुजरात राज्यस्थित अपोलो अस्पतालमा अपरेशन गरिएको हो । ठूलो टयूमरले महिलालाई धेरै असर गरेका कारण चिकित्सकहरुले अपरेशन अघि उनको तौल समेत लिन सकेका थिएनन् । उनलाई उभिन समेत निकै कठिन थियो । अहिले अपरेशन पछि उनको तौल ४९ किलो रहेको छ । पेटको छाला र अन्य अतिरिक्त छालाहरुलाई जोड्दा कूल टयूमर ५४ किलो रहेको पनि चिकित्सकले बताएका छन् ।

अहिले उनको स्वास्थ्यमा सुधार भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

एजेन्सीको सहयोगमा