२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025


किर्ते पुर्जा बनाइ भोगचलन गर्दै आएको २० बिगाहा जग्गा आयो राज्यको नाममा


0
Shares

बारा, फागुन १५ । मालपोत कार्यालय सिमराले प्रद्युम्नराज पाण्डेको नाममा किर्ते पुर्जा बनाएर भोगचलन गरिएको बाराको २० बिगाहा सार्वजनिक जग्गा राज्यको नाममा कायम गरेको छ ।

गत पुस २७ गते मालपोत कार्यालय सिमराले निकालेको ३५ दिने सूचनाको आधारमा सवै प्रक्रिया पुरा गरी उक्त जग्गा बिहीबार राज्यको नाममा कायम गरिएको हो ।

जग्गा धनी भनिएका पाण्डेले प्रमाण पेश गर्न नसकेपछि जग्गा राज्यको नाममा फिर्ता गरिएको मालपोत कार्यालय सिमराका प्रमुख यादवराज आचार्यले जानकारी दिए ।

बारा जिल्ला जितपुरसिमरा नगरपालिका वडा नम्बर २३ को झण्डै १७ विगाह जग्गा वि.स. २०३५ सालदेखि किर्ते पुर्जा बनाएर आफ्नो नाममा दर्ता गराएको मातपोत कार्यालयले जनाएको छ ।