Logo २८ आश्विन २०८२, मंगलबार | Wed Oct 15 2025


धितोपत्र बोर्ड अध्यक्ष हमालद्वारा पदभार ग्रहण


104
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले पदभार ग्रहण गर्नुभएको छ । आइतबार हमालले पूँजीबजारको नियमनकारी निकाय धितोपत्र बोर्डको कार्यालय खुमलटारमा पुगेर पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै अध्यक्ष हमालले साना लगानीकर्तालाई बचाउने उद्देश्य लिएर बोर्डमा आएको बताउनुभएको छ ।

अध्यक्ष हमालले शेयर बजारलाई स्वाच्छ र पारदर्शी रुपमा विकास गराउन र सबैलाई एउटै प्रकारको नियमन गर्ने नियमकको भूमिका आफूले निभाउने बताउनु भयो । उहाँले भन्नुभयो, ‘शेयर बजारको चिन्ता भएर नै धितोपत्र बोर्डमा आएको हो । यो शेयर बजारलाई कसरी स्वस्छ रुपमा वृद्धि गर्ने, शेयर कारोबारमा स्वच्छ कारोबार होस् । टान्सफरेन्सी होस्, सबैलाई एउटै किसिमको नियमनकारी भूकिका होस् । नियमन निकाय नियमन निकाय जस्तो होस् । कसैले अन्यायमा पर्नु नपरोस्। सबैभन्दा ठूलो कुरा साना लगानीकर्ता मर्का नपरोस्, साना लगानीकर्तालाई नबचाउने मार्केटको कहिले पनि दिगो रुपमा विकास हुन सक्दैन । मेरो मुख्य उदेश्य भनेकै साना लगानीकर्तालाई कसरी बचाउने, उनीहरुको लगानी जोखिममा नपर्ने गरी काम गर्ने नै सबैभन्दा ठुलो उदेश्य हो ।’

हमाललाई गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्ड अध्यक्षमा नियुक्त गरेको थियो । नियुक्तपछि हमालले शुक्रबार अर्थमन्त्री जनार्दन शर्मा समक्ष पद तथा गोपनियताको सपथ लिनु भएको थियो ।