Logo १७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026


सुनको भाउ पुनः उकालो


0
Shares

काठमाडौं, फागुन १५ । बिहीबार सुनको भाउ पुनः उकालो लागेको छ ।

निरन्तर उकालो लागेर उचाइको दैनिक ‘रेकर्ड’ कायम गर्दै आएको सुनको भाउ अघिल्ला दुई दिन भने केही ओरालो लागेकोमा बिहीबार पुनः उकालो लागेको हो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै बिहीबार स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले उकालो लागेर तोलाको ७९ हजार ७०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन तोलामा ५०० ले ओरालो लागेर तोलाको ७९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले ओरालो लागेर तोलाको ९०० मा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रतिऔंन्स १६ सय ४७ डलर हाराहारीमा कारोबार भइरहेको छ ।