
प्रकाशशरण महत । फाइल तस्वीर ।
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतले अमेरिकी अनुदान सहयोग एमसीसी र सत्ता गठनबन्धन फरक विषय भएको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको कार्यक्रममा प्रवक्ता महतले कांग्रेसले एमसीसी सदनमा लगेर छलफल गरौँ भनेको बताउदै तर, गठबन्धन टुट्नुपर्छ भनेर नभनेको स्पष्ट पार्नुभयो ।
एमसीसीका कारण गठबन्धनमा समस्या नहुनेमा कांग्रेस विश्वस्त रहेको उहाँको तर्क छ । सभामुख अग्निप्रसाद सापकोटाले कुनैपनि विषयलाई रोकेर राख्ने अधिकार नभएको भन्दै सार्वभौम संसद्को अधिकार भएको उहाँले दावी गर्नुभयो ।
उहाँले दलहरुले एमसीसीका विषयमा स्पष्ट धारणा बनाउनु पर्नेपनि बताउनु भएको हो ।
प्रतिक्रिया दिनुहोस्