
काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्स टोरिनोसँग बराबरीमा रोकिएको छ ।
शुक्रबार राति भएको खेलमा युभेन्ट्स टोरिनोसँग १–१ को बराबरीमा रोकिएको हो ।
युभेन्ट्सका लागि म्याथिस डी लिग्टले गोल गरे भने टोरिनोका लागि आन्द्रे बेलोट्टीले गोल गरे ।
खेलको १३ औं मिनेटमा लिग्टले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । तर, ६२ औं मिनेटमा बेलोट्टीले गोल गर्दै टोरिनोलाई १–१ को बराबरीमा ल्याए ।
यो बराबरीसँगै युभेन्ट्स चौथो स्थानमा यथावत रहेको छ । युभेन्ट्सको २६ खेलबाट ४७ अंक पुगेको छ । टोरिनो २५ खेलबाट ३३ अंक जोडेर १० औं स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्