१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025


नेपालले ओमानलाई दियो ११८ रनको सामान्य लक्ष्य


91
Shares

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले आयोजक ओमानलाई १ सय १८ रनको सामान्य विजयी लक्ष्य दिएको छ ।

अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १७ रन मात्र बनायो ।

खराब ब्याटिङ गरेको नेपाली टिमका कुनैपनि खेलाडीबीच गतिलो साझेदारी हुन सकेन ।

नेपालका लागि आरिफ शेखले अविजित रहँदै सर्वाधिक ३८ रन जोडे । कप्तान सन्दीप लामिछाने १६ रनमा आउट भए । यस्तै, लोकेश बमले १६, ज्ञानेन्द्र मल्लले १५, दिपेन्द्र सिंह ऐरीले ११, विवेक यादवले ७, कुशल भुर्तेलले ५, आशिफ शेखले ४ र कमल सिंह ऐरीले १ रन बनाए ।

ओमानका खवार अलीले सर्वाधिक ३, विलाल खानले दुई तथा फयाज बट र जिसन मक्सुदले एक/एक विकेट लिए ।