Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


मध्यबानेश्वरमा ‘विरयानी अड्डा’


0
Shares

काठमाडौं, फागुन १४ । विदेशमा अध्ययन गरेर नेपालमै केही गर्ने उद्देश्यले युवा मिलेर काठमाडौंको मध्यबानेश्वरमा ‘विरयानी अड्डा’ बुधबारदेखि प्रारम्भ गरिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले उक्त अड्डाको उद्घाटन गरे । उनले होटल व्यवस्थापन विषय नै अध्ययन गरेर विदेशमा काम गर्नुभन्दा आफ्नै देशमा केही गरुँ भनेर व्यवसाय शुरु गर्नु राम्रो काम भएको बताए ।

उनले मुलुकको ‘समृद्ध नेपालः सुखी नेपाली’को अभियानलाई सार्थक बनाउन युवा आफ्नै लगानीमा उद्यमशीलताको भावनाबाट अगाडि बढ्नाले विदेश पलायन हुनबाट पनि रोकिने विश्वास व्यक्त गरे ।

उक्त अड्डाका प्रमुख कार्यकारी अधिकृत सुदर्शन पौडेल अष्ट्रेलियाबाट होटल व्यवस्थापन पढेर नेपालमै व्यवसाय सञ्चालन गर्ने भनेर फर्किएको तीन महिना मात्र भयो । “किङ हस्पिटालिटी ग्रुप सञ्चालन गरेर व्यवसाय शुरु गरेका हौँ, दुबई, कतार, मैले पाँच वर्ष अष्टे«लियमा काम गरे”, उनले भने,

“व्यवसाय शुरु गरेर मानिसलाई सरल, सहज, स्वच्छ, ताजा र गुणस्तरीय खानेकुरा खुवाउने चाहने नै हो ।”

विरयानी अड्डामा मुख्य खानेकुराका साथ बजारमा पाइने अन्य खानेकुरा पनि पाइनाका साथै घरघरमा पुर्‍याउने पनि व्यवस्था गरिएको छ ।

“खानाको स्वाद र गुणस्तरणलाई ध्यान दिन्छौँ, विरयानी मुगलको खाना हो, अन्त विरयानीको रु. ५५०/६५० पर्छ तर हामीले नेपाली रु. ४२० मा दुईजनालाई खवाउन सकिने तयार गछौँ ।”

विदेशमा अध्ययनपछि सिकेर आएका सञ्चालकहरुमा दुबईमा १६ वर्ष काम गरेर फर्कनुभएका राजन खनाल, दुबईबाटै काम सिकेर आउनुभएका नवराज कार्की, सुजन शिवाकोटी र रविन पाण्डे रहनुभएको छ । उनीहरुले  मिलेर रु. ८० लाखमा उक्त व्यवसाय शुरु गरेका हुन् । रासस