
पोखरा । १६ औं संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को तयारी पूरा भएको छ ।
भुतपूर्व खेलाडी मञ्च नेपालले पोखरामा बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो ।
फागुन ७ गते हुने प्रतियोगितामा पाँच देशका १२ धावकसहित १ सय ६५ जनाले म्याराथनमा सहभागी जनाउने छन् ।
यस पटकको म्याराथनमा विभागीय क्लब त्रिभुवन आर्मीका धावकको सहभागिता हुनेछैनन् । १५ औं संस्करणको प्रतियोतिमा त्रिभुवन आर्मीका धावक राजन रोकायाले उपाधि जितेका थिए ।
प्रतिक्रिया दिनुहोस्