जनकपुर–पोखरा हवाई उडान फागनु १७ गतेबाट « Imagekhabar – Online News Portal of Nepal
२१ मंसिर २०७९, बुधबार | Wed Dec 7 2022


जनकपुर–पोखरा हवाई उडान फागनु १७ गतेबाट


156
Shares

काठमाडौं । धनुषाको जनकपुरधामबाट पोखरासम्मको हवाई उडान सुरु हुने भएको छ ।

नागरिक उड्डयन कार्यालय जनकपुरधामले यही फागुन १७ गते महाशिवरात्रिदेखि जनकपुरधामबाट पोखरासम्मको सीधा हवाई उडान हुने जानकारी दिएको हो ।

बुद्ध एयर जनकपुरधामका स्टेसन म्यानेजर विजयकुमार सिंहले पोखराका लागि हुने उडानको अग्रिम टिकट बुकिङ हिजोदेखि सुरु गरिएको जानकारी दिनुभयो ।

सुरुमा हप्तामा तीन दिन र त्यसपछि यात्रुको मागअनुसार दैनिक उडान भर्ने योजना रहेको उहाँले बताउनुभयो ।

जनकपुरधाम आउने पर्यटक जहाजमार्फत पोखरा र पोखरा आउने पर्यटकले धार्मिक नगरी जनकपुरधाम भ्रमण गर्नका लागि केही मिनटको हवाई यात्रा तय गरेर आउन जान पाउने भएका छन् ।