२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


कोरोना भाइरस: इरानका उप–स्वास्थ्य मन्त्रीलाई संक्रमण भएको पुष्टि


0
Shares

एजेन्सी । इरानमा कोरोना भाइरसको संक्रमण जटिल बन्दै गएको इरानी स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् ।

इरानका उप–स्वास्थ्य मन्त्रीलाई नयाँ कोरोना भाइरस संक्रमण भएको मन्त्रालयका एक अधिकारीले बताए ।

इस्लामिक गणतन्त्रमा कोरोना भाइरसले ठूलो प्रकोपको रूप लिइसकेको उनले बताए ।

इरानमा उच्च अधिकारीमा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको यो पहिलो घटना हो ।

स्वास्थ्य मन्त्रीका सञ्चार सल्लाहकार अलिरेजा वाहबजादेहले एक ट्वीट गर्दै कोरोना भाइरसविरूद्ध अग्रमोर्चामा रहेर सङ्क्रमित अन्य नागरिकको सहयोगमा जुटिराखेका उप स्वास्थ्य मन्त्री हरिर्चीको कोरोनाभाइरस सङ्क्रमण परीक्षण भएको र परीक्षणमा सङ्क्रमण पुष्टि भएको उल्लेख गरेका छन् ।

वाहबजादेहका अनुसार उप–स्वास्थ्यमन्त्री इरज हरिर्चीले सरकारका प्रवक्ता अलि रबिएसँगै सोमबार गरेको पत्रकार सम्मेलनका दौरानमा पटक पटक खाकेको थिए भने पसीना बगाएको देख्न सकिन्थ्यो ।

लक्षणका आधारमा उनलाई अस्पताल पुर्‍याइएको थियो जहाँ उनलाई भर्ना गरी उपचार सुरू भएको छ ।