२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


च्याम्पियन्स लिगमा चेल्सी विरुद्ध बार्यन म्युनिखको शानदार जित


0
Shares

एजेन्सी । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगको खेलमा जर्मन क्लब बार्यन म्युनिखले जित निकाल्दा बार्सिलोना भने बराबरीमा रोकिएको छ ।

गएराती भएको खेलमा बार्यनले लण्डन क्लब चेल्सीलाई ३–० गोल अन्तरले हराएको हो ।

चेल्सीको घरेलु मैदानमा भएको खेलमा बार्यनलाई जित दिलाउन सर्ज गन्ब्रीले दुई तथा रोबर्ट लेवान्डोस्कीले एक गोल गरे ।

हारसंगै चेल्सीको क्वार्टरफाईनल प्रवेशको सम्भावना कठिन बनेको छ । प्रियिमर लिगको पछिल्लो खेलमा टोटेनहमबिरुद्ध प्राप्त शानदार जितले चेल्सीले घरेलु मैदानमा राम्रो गर्ने अपेक्षा गरिएको थियो ।

तर प्रियिमर लिगबिरुद्ध हाबी देखिदै आएको बार्यनले चेल्सीबिरुद्ध समेत शानदार जित निकाल्न सफल रह्यो ।

बार्यनले गत अक्टोबरमा समूह चरणको खेलमा प्रिमियर लिग क्लब टोटेनहमलाई घरेलु मैदानमा ७–२ ले हराएको थियो ।

चेल्सीका मार्कोस एलान्सोले रातो कार्ड खादै मैदान बाहिरिएपछि चेल्सी खेलको अन्तिम ७ मिनेट १० खेलाडीमा सिमिति बनेको थियो ।

गन्ब्रीले ५१ औं मिनेटमा गोल गर्दै बार्यनलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको दुई मिनेट लगत्तै गन्ब्रीले बार्यनको अग्रता दोब्बर बनाउने काम गरे ।

यस सिजन उत्कृष्ट फर्ममा रहेका रोबर्ट लेवान्डोस्कीले ७६ औ मिनेटमा गोल गर्दै बार्यनलाई सहज जित दिलाए ।

यस्तै, बार्सिलोनाले भने नापोलीको घरेलु मैदानमा १–१ गोलको बराबरी खेलेको हो ।

डेरिस मार्टिन्सले घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएपनि एन्टोनी ग्रिजम्यानले बार्सिलोनाका लागि बराबरी गोल फर्काएका थिए ।