३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


देउवा र प्रचण्डबीच वार्तामा भएन सहमति

३ बजे डाकिएको सत्ता गठबन्धनको बैठक ५ बजेका लागि सर्‍यो

2.73k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ गठबन्धनको अर्को दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच आज बिहान भएको वार्ता पनि असफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा दाहालले एमसीसीलाई अहिले संसदमा टेबल नगर्न गरेको आग्रहलाई प्रधानमन्त्री देउवाले अस्वीकार गरेको बुझिएको छ ।

प्रधानमन्त्री देउवाले एसीसी जसरी पनि संसदमा लैजाने अडान राख्नुभएको छ ।

देउवा र दाहालको संवादपछि दिउँसो ३ बजेका लागि बोलाइएको बैठक ५ बजे सारिएको छ ।

यसैबीच, प्रधानमन्त्री देउवाले कांग्रेस एमसीसीबाट पछि नहट्ने स्पष्ट पार्नुभएको छ ।

कांग्रेस नेता अर्जुन नरसिंह केसीले लेख्नु भएको पुस्तकको आज बालुवाटारमा विमोचन गर्दै देउवाले एमसीसी देशको हितमा रहेकाले संसदमा लगेर टुंग्याउने बताउनुभयो ।