काठमाडौं, फागुन १३ । निजी क्षेत्रहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढ्दै गएको छ ।
आगामी चैत २८ र २९ गते महासंघको वार्षिक साधारणसभा हुँदैछ । साधारणसभाले महासंघमा नयाँ कार्यसमिति निर्वाचित गर्नेछ ।
वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानका कारण शेखर गोल्छा अध्यक्ष हुनेछन् ।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्काे कार्यकालको स्वतः अध्यक्ष हुने हुनाले यस पदमा भने तीव्र प्रतिष्पर्धा हुने देखिएको छ ।
वरिष्ठ उपाध्यक्षको लागि वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधानले उम्मेदवारीको घोषणा गरिसकेका छन् ।
उपाध्यक्ष चन्द्र ढकालले केही समयअघि गृहजिल्ला बाग्लुङबाट उम्मेदवारी घोषणा गरेका हुन् भने प्रधानले विराटनगरबाट उम्मेदवारी घोषणा गरेका हुन् ।
आगामी अध्यक्ष गोल्छालाई व्यवसायीको हक–हितको रक्षाको साथै महासंघको गिरेको साख उठाउन सहयोग गर्न आफ्नो भूमिका महत्वपूर्ण हुने भएको कारण उम्मेदवारी दिन लागेको प्रधानको भनाइ छ ।





प्रतिक्रिया दिनुहोस्