२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


रसुवाका तत्कालीन वन अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दायर


65
Shares

काठमाडौं, फागुन ४ । जिल्ला वन कार्यालय रसुवाका तत्कालीन वन अधिकृत विष्णुकान्त मिश्रसहित ३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मिश्रले रक्तचन्दनको ठेक्का मिलाइदिने भन्दै ७० लाख घुस लिएको अनुसन्धानबाट खुलेको अख्तियारको दाबी छ ।

घुस लिएको रकम आयोगले सेवाग्राहीलाई नै फिर्ता गर्नुपर्ने मागदाबी लिएको छ । घुस लिएको रकम मध्ये ४० लाख रुपैयाँ मिश्रको छोरा नविन कुमार मिश्रको खातामा जम्मा गरेको भेटिएको छ । अख्तियारले छोरालाई पनि प्रतिवादी बनाउँदै ४० लाख बिगो मागदाबी लिएको छ ।

वन अधिकृत मिश्रलाई घुस मिलाउने रसुवा ट्रेडिङ कम्पनीका प्रोप्राइटर लाक्पा ग्याल्जेनले घुस बापत आएको २५ लाख रकम आफैंले लिएको अनुसन्धानबाट खुलेको अख्तियारको भनाइ छ । ग्याल्जेनबिरुद्ध पनि २५ लाख बिगो मागदाबी लिएर मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।