Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


काभ्रेमा अज्ञात समुहद्वारा गुडिरहेको गाडीमा तोडफोड


494
Shares

काभ्रे । काभ्रेकाे बनेपास्थित पुल बजारमा अज्ञात समुहले गुडिरहेको गाडीमा तोडफोड गरेको छ ।

काठमाण्डौंबाट सर्लाही जाँदै गरेको हायसमा तीन-चार जनाको समुहले तोडफोड गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख राजन कोइरालाले जानकारी दिनुभयो ।

हायसमा १० जना यात्रु सवार भएको उहाँले बताउनुभयो । अज्ञात व्यक्तिहरुले गरेको ढुंगा प्रहारबाट अगाडीको सिसा फुटेको उहाँले बताउनुभयो ।उनीहरुले अन्य सवारी साधनमा समेत तोडफोडको प्रयास गरेको उहाँको भनाइ छ ।

तोडफोड गर्नेको खोजी भइरहेको र कानूुन अनुसार कारबाही हुने जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरिक्षक हरि खतिवडाले जानकारी दिनुभयो ।

एमसिसी सम्झौता विरुद्ध पाँच वटा कम्युनिष्ट पार्टी र एउटा मोर्चाले बुधबार नेपाल बन्द आह्वान गरेका छन् । बन्दकर्ताले नै गाडी तोडफोड गरेको आशंका गरिएको छ ।

यसैबीच काभ्रेमा नेपाल बन्दको प्रभाव खासै नदेखिएको प्रहरी नायव उपरिक्षक हरि खतिवडाले बताउनुभयो ।