
काठमाडौं । क्यारेबियन मुलुक होण्डुरसका पूर्व-राष्ट्रपति हुवाँ ओर्लान्डो हर्नान्डेज लागूपदार्थ तस्करीको आरोपमा पक्राउ परेका छन् ।
राजधानी तेगुसिगाल्पामा रहेको आफ्नो आलिसान निवासबाटै पूर्व राष्ट्रपति हर्नान्डेजलाई पक्राउ गरिएको हो । उनलाई अमेरिका सुपुर्दगी गर्ने तयारी गरिएको छ ।
लागु पदार्थ तस्करीको आरोपमा अमेरिकाले सुपुर्दगी गर्न आग्रह गरेको केही घण्टामै होण्डुरसको प्रहरीले हर्नान्डेजलाई पक्राउ गरेको हो । उनीविरुद्ध अमेरिकामा मुद्दा चलाउने तयारी भईरहेको छ ।
उनका भाई टोनी हर्नान्डेजलाई लागू पदार्थ तस्करीकै अभियोगमा अमेरिकाको एक अदालतले गत वर्ष आजीवन कारावासको सजाय सुनाएकोथियो ।
प्रतिक्रिया दिनुहोस्