काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत मंगलबार राति भएका खेलहरुमा म्यान्चेस्टर सिटी र पेरिस सेन्ट जर्मेन (पिएसजी) विजयी भएका छन् ।
राउण्ड अफ सिक्सटिनको पहिलो लेगको खेलमा इंग्लिस क्लब म्यान्चेस्टर सिटीले पोर्चुगलको स्पोर्टिङ लिस्बनलाई ५–० ले पराजित गरेको छ । सिटीका लागि बर्नार्डो सिल्भाले दुई गोल गर्दा रियाद महारेज, फिल फोडेन र राहिम स्टर्लिङले एक एक गोल गरे ।
मंगलबार राति भएको अर्को खेलमा फ्रान्सको पिएसजीले स्पेनको रियल मड्रिडलाई १–० ले पराजित गरेको छ । आफ्नै मैदानमा पिएसजीलाई विजयी गराउन किलियन एम्बाप्पेले अतिरिक्त समयमा निर्णायक गोल गरे ।
युएफा च्याम्पियन्स लिग फुटबलमा राउण्ड अफ सिक्सटिनका बाँकी दुई खेल आज राति हुनेछन् । आज अष्ट्रियाको रेडबुल साल्जवर्गले जर्मनीको बायर्न म्युनिखसँग खेल्दा इटालीको इन्टर मिलान र इंग्ल्याण्डको लिभरपुल भिड्नेछन् ।








प्रतिक्रिया दिनुहोस्