२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


क्रिकेटको हब बन्दै धनगढी: महिला खेलाडी पाउनै मुस्किल


0
Shares

-विराज रोस्यारा/ ईमेज 

कैलाली । सुदुरपश्चिमको धनगढी क्रिकेट प्रतियोगिताको हब बन्दै गएपनि महिला खेलाडीको संख्या भने एकदमै न्यून छ ।

महिलालाई लक्षित गरी खेलकूद प्रतियोगिता आयोजना नहुँदा महिला खेलाडी पाउनै मुस्किल परेको हो ।

विभिन्न प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका खेलाडिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदकसमेत प्राप्त गरिसकेका छन् ।

तर खेलाडी उत्पादनमा सरोकारवाला पक्षको ध्यान नजाँदा खेलाडी उत्पादन हुने क्रम न्यून छ । त्यसमा पनि महिला खेलाडीको विकास झनै हुन सकेको छैन ।

यसैलाई मध्यनजर गरी जिल्ला खेलकुद विकास समिति कैलालीले गत माघमा विद्यालयस्तरीय महिला क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो ।

यस्ता प्रतियोगिताले खेलाडी उत्पादनसँगै उत्कृष्ट खेलाडिलाई अन्य प्रतियोगितामा सहभागी गराउन सहयोग पुग्ने जिल्ला खेलकुद विकास समिति कैलालीका अध्यक्ष बाबुराजा श्रेष्ठको भनाइ छ ।

विगत केही वर्षबाट खेलकुद क्षेत्रमा लागेका महिलाहरु पनि खेलाडी उत्पादन सोचेजस्तो हुन नसकेको बताउँछन् ।

पुरुषले विभिन्न क्षेत्रमा खेल्ने अवसर पाए पनि महिलालाई भने समस्या भएको महिला खेलाडीको गुनासो छ ।

महिला खेलाडी उत्पादनमा सरकारी र निजी क्षेत्रको पहल आवश्यक रहेको महिला प्रशिक्षक जानकी भट्टको भनाइ छ ।

खेलकुदको विकासका लागि सानै उमेरबाट प्रोत्साहन र प्रतियोगितामा सहभागी हुन पाउने वातावरण तयार पानुपर्ने उनीहरुको माग छ ।