१५ श्रावण २०८२, बिहिबार | Thu Jul 31 2025


एमसीसी सम्झौता रोकिए नेपालले दुःख पाउँछ : डा.महत


819
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व-अर्थमन्त्री डा.रामशरण महतले एमसीसी सम्झौता रोकिएमा नेपालले दुःख पाउने दावी गर्नुभएको छ ।

यस विकास परियोजनाबारे भ्रमपूर्ण प्रचार गरिएको भन्दै उहाँले एमसीसीका कारण नेपालको स्वाधीनतामा कुनै हस्तक्षेप नहुने जिकीर समेत गर्नुभएकाे हाे ।

नेपाली कांग्रेस संसदीय दलको बैठकमा एमसीसीबारे प्रष्ट पार्दै डा. महतले एमसीसीको कार्यान्वयन नेपाल सरकार मातहतको एमसीए नेपालले गर्ने भएकोले अमेरिकी हस्तक्षेप हुनै नसक्ने बताउनुभयो ।

इण्डो प्यासिफिक रणनीतिसँग एमसीसीको कुनै सम्बन्ध नभएको दाबी गर्दै उहाँले २००४ मा अमेरिकी संसदबाट पारित यस परियोजनासँग नेपाल २०१२ देखिनै प्रत्यक्ष-अप्रत्यक्षरूपमा जोडिएको जानकारी दिनुभयो। २०१८ मा आएको इण्डो प्यासिफिक रणनीतिसँग यसलाई जोड्नु अर्थहीनभएको उहाँको भनाइ छ ।

एमसीसी कुनै देशविरुद्धमा नभएको जिकीर गर्दै एमसीसी बीआरआई वा चीन विरुद्ध नरहेको पनि प्रष्ट गर्नुभयो । फागुन १६ गतेभित्र संसदले एमसीसी अनुमोदन नगरे नेपाललाई गम्भीर क्षति हुने चेतावनी समेत दिनुभएकाे छ ।