काठमाडौं । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले वैदेशिक रोजगार विभागमा प्रहरी नायब उपरीक्षकको नेतृत्वमा प्रहरी टोली खटाएको छ ।
मानव बेचबिखन अनुसन्धान ब्यूरोले वैदेशिक रोजगारका नाममा भइरहेको ठगी, मानव बेचबिखन तथा ओसापसार नियन्त्रणका लागि भन्दै डीएसपीको नेतृत्वमा प्रहरी खटाएको हो । हाल डीएसपी नवराज मल्लको नेतृत्वमा इन्स्पेक्टरसहित सातजना प्रहरी वैदेशिक रोजगार विभागमा खटाइएको छ ।
वैदेशिक रोजगारीको प्रलोभनमा ठगिएका पीडितहरुलाई तत्काल प्रतिकृया दिने वातावरण मिलाउने तत्काल सुरु गरिने पनि ब्युरोले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस्