काठमाडौं, फागुन १२ । मलेसियाले अंगिकार गरेको पर्फर्मेन्स म्यानेजमेन्ट एन्ड डेलिभरी युनिट (पेमाण्डू) अवधारणा नेपालमा आयोजना कार्यान्वयन प्रभावकारिता बढाउन पनि उपलब्धिमूलक हुन सक्नेमा विज्ञहरुले जोड दिएका छन् ।
मलेसियाले सन् २००९ मा ल्याएको यो अवधारणा निकै नै उपलब्धिमूलक रहेको पनि जनाइयो ।
यो अवधारणा कार्यान्वयनमा ल्याएसँगै मलेसियमा उल्लेख्य निजी लगानी विस्तार भएको, रोजगारी बढेको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अर्थ मन्त्रालय र विश्व बैंक समूहसँगको सहकार्यमा सोमबार काठमाडौंमा गरेको लगानीको वातावरणमा सुधारसम्बन्धी उच्चस्तरीय गोष्ठीका अवसरमा विज्ञहरुले आयोजना कार्यान्वयनका लागि पेमाण्डूजस्तै नेपालको मौलिक अवधारणा विकास गर्न सुझाएका हुन् ।
पेमाण्डू असोसिएट्सका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत डा. इद्रिस जलाले मलेसियाको पेमाण्डूको अनुभव, उपलब्धि र नेपालले अनुशरण गर्न सक्ने विषयका सन्दर्भमा विस्तृत कार्यपत्र प्रस्तुत गरेका थिए ।
गोष्ठीको उद्घाटनसत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सरकार निजी लगानी प्रवर्द्धनका लागि प्रतिबद्ध रहेको बताएका थिए ।





प्रतिक्रिया दिनुहोस्