संजय आर्चाय/ईमेज
बर्दिया । बर्दियाको गुलरिया र बारबर्दिया जोड्ने पुल भासिएको एक वर्ष पुग्दासमेत वैकल्पिक व्यवस्था नहुँदा यात्रुलाई सास्ती भएको छ ।
करिब १६ करोड ६८ लाख रुपैयाँको लागतमा निर्मित पुल भासिनुमा कसको लापरबाही भन्ने विषयको समेत छानबिन हुन सकेको छैन ।
बर्दियाको गुलरिया र बारबर्दिया नगपालिका जोड्ने पुल निर्माण हुँदा आवतजावत् गर्नेहरुलाई ठूलो राहत भएको थियो ।
पुल निर्माण त भयो तर वर्षदिन नपुग्दै गतवर्षको श्रावणमा बबईनदीमा आएको भेलले पुल भासियो ।
अहिलेसम्म पनि त्यहीं भासिएको पुलबाटै मोटरसाइकल, साइकल र पैदलयात्री, आवतजावत गरिरहेका छन् ।
तर जोखिमपूर्ण पुलबाट यात्रा गर्नुपर्दा आवतजावत गर्ने जोकोही झस्किने गर्छन् ।
कतिबेला पुल भत्किएर दुर्घटना हुन्छ भन्ने त्रास बोकेरै यात्रुहरु यात्रा गर्न बाध्य छन् ।
एकातिर स्थिति यस्तो छ, तर अर्कोतिर भने पुल कसको बदमासीले भासियो भन्ने विषयमा छानबिन हुन सकेको छैन ।
सवारी आवतजावत नहुँदा श्रमिकहरु, विद्यार्थी र विरामीहरुलाई झनै सास्ती तुल्याएको छ ।
भत्किएको पुललाई बेलिब्रिज लगाई माथि उठाएर पुनर्सञ्चालन गरिनुपर्ने र पुल निर्माणको अनियमिततालाई तत्काल छानबिन गर्नुपन बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गा बहादुर थारु बताउँछन् ।
निर्माणको वर्षदिन नपुग्दै पुल भासिनु र भासिएको १ वर्ष बितिसक्दा पनि छानबिन नहुनुले बेथितिप्रतिको मौनतालाई गिज्याइरहेको छ ।
स्थानीयवासी र यात्रुहरुको सास्ती सम्झेर दोषीउपर कारबाही र पुलको वैकल्पिक व्यवस्थामा सम्बन्धित पक्षले छिटो ध्यान ध्यान लैजाने कि ?









प्रतिक्रिया दिनुहोस्