२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


न्यूजिल्यान्डविरुद्धको पहिलो टेस्टमा भारत निरीह, १० विकेटले पराजित


0
Shares

काठमाडौं, फागुन १२ । न्यूजिल्यान्डविरुद्धको पहिलो टेस्ट क्रिकेटमा भारतले निरीह प्रदर्शन गरेको छ ।

विलिङटनमा भएको खेलमा पाहुना टोली भारत १० विकेटले पराजित भएको हो ।

भारतमाथि शानदार जित निकाल्दै न्यूजिल्यान्डले टेस्ट क्रिकेटमा आफ्नो सयौं जित निकाल्न पनि सफल भएको छ ।

भारतले दिएको ९ रनको चुनौती न्यूजिल्यान्डले दोस्रो ओभरमै विनाकुनै विकेटको क्षतिमा पूरा गर्‍यो ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङ्समा अजिन्क्या रहानेको सर्वाधिक ४६ रनको मद्दतले १६५ रन तथा दोस्रो इनिङ्समा मायांक अग्रवालको ५८ रनको मद्दतले १९१ रन बनाएको थियो ।

न्यूजिल्यान्डले पहिलो इनिङ्समा कप्तान केन विलियमसनको ८९ रनको मद्दतले ३४८ रन बनाएको थियो ।

‘म्यान अफ दी म्याच’ घोषित टिम साउथीले पहिलो इनिङ्समा ४ तथा दोस्रो इनिङ्समा ५ विकेट लिएका थिए ।

जितसँगै दुई खेलको टेस्ट शृंखलामा न्यूजिल्यान्डले १–० को अग्रता लिएको छ । दोस्रो टेस्ट फागुन १७ गते शनिबार क्राइस्टचर्चमा हुनेछ ।

यसअघि भएको एकदिवसीयमा न्यूजिल्यान्डले तथा ट्वेन्टी–ट्वेन्टीमा भारतले ‘क्लिनस्वीप’ गरेको थियो ।