डडेल्धुरा । लगातारको वर्षाका कारण डडेल्धुराका किसानले उत्पादन गरेको तरकारी बारीमै कुहिन थालेको छ ।
१३ दिनदेखि लगातार वर्षा भइरहेका कारण उत्पादित तरकारी बिक्री गर्न नपाएपछि बारीमै कुहिन थालेको हो ।
अमरगढी नगरपालिका वडा नं. १ मालममा १ सय ४८ परिवारले लगाएको ताजा तरकारी बारीमै कुहिएको छ ।
उत्पादित तरकारी बारीबाट निकालेर बजारसम्म पु¥याउन नसक्दा प्रत्येक किसानलाई ५० हजारदेखि डेढलाख रुपैयाँसम्म क्षति भएको बताइएको छ ।
डडेल्धुरामा व्यवसायिक तरकारी खेती गर्नेहरुको संख्या बढेसँगै उत्पादनमा समेत वृद्धि भएको छ ।
यहाँका किसानले काउली, बन्दा, गोलभेंडा, भन्टा, खुर्सानी, मूला लगायतका तरकारी उत्पादन गर्दै आएका छन् ।









प्रतिक्रिया दिनुहोस्