Logo १९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025


शिवराज नगरपालिकाका किसान अत्मनिर्भर बन्दै


65
Shares

कपिलवस्तु । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका-३ का ९७ जना किसानलाई कृषि सामग्री वितरण गरिएको छ ।

एक कार्यक्रमका बीच स्प्रेट्यांकी ६१ जनालाई, चरा मेशिन २६ जनालाई र पानी तान्ने मोटर १० जनालाई प्रदान गरिएको वडा अध्यक्ष टेकलाल सापकोटाले बताउनुभएको हो ।

उहाँले ५० प्रतिशत किसानको लगानी र ५० प्रतिशत वडाको लगानीमा सामाग्रीहरु वितरण गरेको बताउनु भयो ।अध्यक्ष सापकोटाले जनताहरूको माग अनुसार कृषि सामग्री वितरण गरेकोसमेत बताउनुभयो ।

तरकारी पकेट क्षेत्रका लागि मैनार–बुलाकियामा लिफ्टिङ सिँचाई योजना सम्पन्न भएको उहाँको भनाइ छ।त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख नेत्रराज अधिकारीले कृषि क्षेत्रमा किसानलाई आत्मनिर्भर बनाउन प्रत्येक वर्ष कृषि औजार वितरण गर्दै आएको बताउनुभयो ।

उहाँले कृषकलाई व्यवसायिक रुपले कृषि खेती गर्ने उद्देश्यले कृषि सामग्री प्रदान गरिएको बताउनु भयो ।नगरप्रमुख अधिकारीका अनुसार यी सामग्रीहरूले किसानलाई बढी भन्दा बढी उत्पादनगरि लाभ लिनसक्ने तर्क गर्नुभयो ।

आगामी दिनमा किसानलाई उत्पादनको आधारमा अनुदान दिने उहाँको भनाइ छ। त्यस्तै,नगर उप–प्रमुख शिव कुमारी थारूले किसानलाई उत्पादनमुखी बनाउने दावी गर्दै नम्बर ३ लाई तरकारी पकेट क्षेत्र बनाउने बताउनुभयो ।सो वडामा अधिकांश क्षेत्र कृषि खेतीका लागि उपयुक्त रहेकाले कृषिमा लगानी गर्नुपर्नेमा उहाँको जोडछ ।

यसैबीच नगरपालिका कृषि शाखाप्रमुख तारा चन्द चौधरीले आगामी दिनमा कृषिलाई आधुनिकीकरण गर्नका लागि आधुनिक प्रविधियुक्त बढी उत्पादन गर्न सकिने कृषि औजार वितरण गर्नुपर्ने आवश्यक रहेकोसमेत उहाँले बताउनुभयो ।