Logo १७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026


सुनको मूल्य प्रतितोला ८० हजार नाघ्यो


0
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन एक हजार पाँच सयले बढेको छ ।

७८ हजार आठ सय रुपैंयाँ प्रतितोलामा हिजो कारोबार भएको छापावाल सुन आज भने एक हजार पाँच सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ८० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुनको मूल्य पनि एक हजार पाँच सय रुपैयाँ प्रतितोलाले बढ्दै ८० हजार रुपैयाँ कायम भएको छ ।

हिजो भने तेजाबी सुन प्रतितोला ७८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै आज चाँदीको मूल्य पनि बढेको छ । हिजो ९ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज पाँच रुपैयाँले बढेर ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।