
काठमाडौं, फागुन १ । नेकपा (एकीकृत समाजवादी)ले एमसीसी सम्झौंताविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
आइतबार पार्टीको भ्रातृ संगठनहरुले एमसीसी संसदबाट पास गराउन नहुने भन्दै विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ, एमसीसी खारेज गरौँ, ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप मुर्दावादलगायतका प्लेकार्डसहितको नारा लगाएका थिए ।
प्रदर्शनका क्रममा पार्टीसँग आवद्ध भ्रातृ संगठनका नेताहरुले संसदबाट एमसीसी पास भएमा अझै सशक्त रुपमा आन्दोलन चर्काउने चेतावनीसमेत दिएका छन् ।
माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले एमसीसी यथास्थितीमा स्वीकार्य नहुने अडान राख्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्