३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


‘ए’ डिभिजन लिगः आज दुई खेल हुने


104
Shares

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज आइतबार दुई खेलहरु हुँदैछ ।

लिगको दशौं चरण अन्तर्गत आइतबार दुवै खेल दशरथ रंगशालामा हुनेछ ।

पहिलो खेलमा न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लबबीच दिउँसो १ बजे प्रतिस्पर्धा हुनेछ ।

सातौं स्थान रहेको एनआरटी हिमालयनलाई हराएर शीर्ष पाँचमा उक्लन चाहन्छ । यस्तै, आठौं स्थानमा रहेको हिमालयन पनि एनआरटीलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।

यस्तै, दशरथ रंगशालामा हुने दोस्रो खेल नेपाल एपीएफ क्लब र संकटा क्लबबीच खेल दिउँसो पौने ५ बजे सुरु हुनेछ ।

नवौं स्थानमा रहेको एपीएफ संकटालाई हराएर अंक तालिका सुधार गर्ने योजनामा रहेको छ भने छैटौं स्थानमा रहेको संकटा एपीएफलाई हराए शीर्ष पाँच भित्र उक्लन चाहन्छ ।