मनाङ मर्स्याङ्दी र थ्रीस्टारबीचको खेल बराबरी, उपाधि होडमा मच्छिन्द्र « Imagekhabar – Online News Portal of Nepal
१२ असार २०७९, आईतवार | Sun Jun 26 2022


मनाङ मर्स्याङ्दी र थ्रीस्टारबीचको खेल बराबरी, उपाधि होडमा मच्छिन्द्र


143
Shares

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत शनिबार भएको अन्तिम खेलमा मनाङ मर्स्याङ्दी र थ्रीस्टार क्लबले बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको ६१औं मिनेटमा दयानन्द सिंहले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । उनी वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेको केहीबेरमै गोल गरेका हुन् ।

तर, मनाङको अग्रतालाई थ्रीस्टारले १० मिनेट पनि टिक्न दिएन । थ्रीस्टारका ऋतिक खड्काले ७१औं मिनेटमा डिबक्स बाहिरबाट प्रहार गरेको बलले फस्ट बारमा ठोकिएर जाली चुमेको थियो ।

खेल बराबरी भएसँगै मनाङको उपाधि होड कठिक बनेको छ । बराबरीले उपाधि होडमा अगाडि रहेको मछिन्द्र क्लबलाई फाइदा पुगेको छ ।

शनिबारको खेल सकिँदा पहिलो स्थानमा रहेको मछिन्द्र क्लब दोस्रो स्थानमा रहेको मनाङ भन्दा ६ अंकले अगाडि छ ।