
कैलाली । धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकपमा नव जनजागृति युवा सिमराले शानदार जित हासिल गरेको छ ।
क्षेत्रीय रंगशालामा आइतबार भएको खेलमा जनजागृतिले मदन भण्डारी स्पोट्र्स एकेडेमीलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो ।
जितसंगै जनजागृति युवा क्लब क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
जन जागृतिको जितमा अग्रपङ्तीका खेलाडी विवेकले दोस्रो हाफको ५९ औं, ७२ औं र ८२ मिनेटमा गोल गरी ह्याट्रिक पूरा गरे ।
उनी म्यान अफ द म्याच घोषित भई नगद १० हजार रुपैंयाँ पुरस्कारको हकदार बने ।
प्रतियोगिता अन्तर्गत सोमबार गोरखा ब्याईज रुपन्देही र सुनौलो सगम बुटवल भिड्नेछन् ।
फागुन ९ गतेखि २० गतेसम्म संचालन हुने प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैंयाँ तथा उपविजेतालाई १० लाख १ रुपैंयाँ ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।
प्रतिक्रिया दिनुहोस्