
पोखरा । एसियन टुर प्याराग्लाइडिङ वल्र्डकप आज(आइतबार)देखि पोखरामा सुरु भएको छ ।
नेपाल हवाई खेलकुद संस्थाले आयोजना गरेको प्रतियोगितामा फेडेरेशन अफ एरोनोटिक इन्टरनेशनल (एफएआई) बाट मान्यताप्राप्त पाइलटले मात्र भाग लिएका छन् ।
सातदिनसम्म चल्ने प्रतियोगितामा पहिलो दिनलाई प्राक्टिस डेका रुपमा राखिएको छ ।
प्याराग्लाईडिङ वल्र्डकप टुरमा २० देशका ९० जना प्रतियोगितामा भाग लिएको नेपाल हवाई खेलकुद संस्थाका निवर्तमान अध्यक्ष एवं संयोजक योगेश भट्टराई जानकारी दिए ।
उनले पहिलो दिन पाइलटलाई वल्र्डकप टुरको बारेमा जानकारी दिने उद्देश्यले ब्रिफिङ गरिएको र सोमबारदेखि प्रतिस्पर्धा शुरु हुने बताए ।
निरन्तर दुई वर्षसम्म प्रि–वल्र्डकप आयोजना गरिएपछि मात्र एफएआईले विश्वकपको लागि स्वीकृति दिने गरेको छ ।
प्रतिस्पर्धीले सराङकोटबाट उडान भरेर फेवाताल किनार खपौंदीमा अवतरण गर्नेछन् । प्रतिस्पर्धामा १२ जना नेपाली पाइलटले भाग लिएका छन् ।
प्याराग्लाइडिङमा हुने सम्भावित जोखिम न्यूनीकरणका लागि नेपाली सेनाले रेस्क्यु गर्ने तयारी गरेको छ ।
कोरोना भाइरसको संक्रमणका कारण चीनबाट मात्र ११ जनाले प्रतियोगितामा भाग लिएका छैनन् ।
प्रतिक्रिया दिनुहोस्