Logo १७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026


छिम्केश्वरी पर्यटन तथा सांस्कृतीक महोत्सव हुने


0
Shares

काठमाडौं । आन्तरिक पर्यटन प्रवद्र्धन तथा धार्मिक तथा सांस्कतिक सम्पदाहरु बारेमा जानकारी दिने उद्देश्य सहित छिम्केश्वरी पर्यटन तथा सांस्कृतिक महोत्सव २०७६ हुने भएको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरि ग्रामीण पर्यटनको विकास तथा स्थानिय उत्पादनको प्रवद्र्धन गरी नेपाल भ्रमण बर्ष अभियानालाई समेत सघाउन पुर्याउने लक्ष्य सहितयो महोत्सव आयोजना गर्न लागेको जानकारी दिइएको हो ।

छिम्केश्वरी हाम्रो आधार ग्रामीण पर्यटन विकासको पुर्वाधार भन्ने नारा सहित आगामी फागुन २५ गतेदेखी २७ गते सम्म तनहुँको आँबुखैरेनीमा महोत्सव हुन लागेको हो ।

कुल ३० वटा स्टल रहने महोत्सवको विशेष आकर्षणको रुपमा छिम्केश्वरी सप्तदेवी दर्शन, स्थानिय खानाका परिकार तथा स्थानिय परम्परागत खेल रहेका छन् ।

महोत्सवमा २५ हजारले अवलोकन गर्ने तथा पच्चीसै लाखको कारोबार हुने अपेक्षा आयोजकको छ ।