२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


सताक्षी गोल्डकपको उपाधि मछिन्द्र क्लबले जित्यो


0
Shares

झापा । झापाको झिलझिलेमा सम्पन्न सताक्षी गोल्डकपको उपाधि मछिन्द्र क्लबले जितेको छ ।

‘ए’ डिभिजन च्याम्पियनसमेत रहेको मछिन्द्र क्लबले आज(आइतबार) फाइनलमा थ्रीस्टार क्लबलाई १–० ले हराउँदै प्रतियोगिताको उपाधि हात पारेको हो ।

मछिन्द्रले थ्री स्टारलाई हराउँदा विमल घर्तीमगरको गोल निर्णायक बन्यो ।

खेलको दोस्रो मिनेटमा मछिन्द्रका एडिलेजा सोमिडेलाई थ्री स्टारका खेलाडीले ‘फल’ गरेपछि मछिन्द्रले पेनाल्टीमा पाएको अवसर सदुपयोग गरेको थियो ।

मछिन्द्रका लागि विमल घर्तीमगरले पेनाल्टीमा गरेको गोल जितका लागि निर्णायक बन्यो । थ्री स्टारले सताक्षी स्पोटिङ क्लबलाई हराएर फाइनलमा पुगेको थियो ।

त्यस्तै ‘ए’ डिभिजनको च्याम्पियनसमेत रहेको मछिन्द्रले सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै फाइनल प्रवेश गरेको थियो ।

उपाधि विजेता मछिन्द्र क्लबले ६ लाख रुपैयाँ पाएको छ भने उपविजेताले थ्री स्टार तीन लाख पाएको छ ।