
झापा । झापा जिल्लाको मेचीनगर–१४ दुहागढीमा रहेको मगमग चाउचाउ उद्योगमा आगलागी भएको छ ।
शनिबार बिहान करिब ५ बजेबाट सुरु भएको आगलागी नियन्त्रणमा लिने प्रयास भने जारी रहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक सुनिल दाहालले जानकारी दिनुभयो ।
आगलागी नियन्त्रणका लागि झापा, मोरङ, सुनसरी र इलामबाट आएका १२ वटा बरुणयन्त्र सहित प्रहरी र स्थानीयवासी खटिरहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्