
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकीहरूलाई तत्कालैै युक्रेन छोड्न आह्वान गरेपछि युक्रेनले तत्काल रूसी आक्रमणको सम्भावना नरहेको दोहोर्याएको छ ।
बृहत् सैन्य अभ्यास सुरु गर्दै युक्रेनलाई घेरेका रूसी सेनाले उत्पन्न गरेको खतराका कारण अमेरिकी नागरिकहरूलाई युक्रेन छोड्न बिहीबार बाइडेनले निर्देशन दिनुभएको थियो । कीभले तनावलाई शान्त पार्ने प्रयास गरेको छ । साथै कुनै पनि बेला सम्पूर्ण युद्ध सुरु हुन सक्छ भन्ने अमेरिकी गुप्तचरको मूल्याङ्कनसँग युक्रेन सहमत छैन ।
युक्रेनी विदेश मन्त्री डिमित्रो कुलेबाले बाइडेनले अमेरिकी विदेश मन्त्रालयबाट राज्य विभागबाट पहिलेको मार्गदर्शनलाई मात्र पुनः स्थापित गरेको भन्दै यो भनाइमा कुनै नयाँ कुरा नभएको बताउनुभएको छ । उहाँले आफुहरुलाई संयुक्त राज्य अमेरिकाको स्थान थाह रहेको भन्दै उसले पहिले पनि यस्तो भनाइ राखेको उल्लेख गर्नु भएको छ।
अमेरिकाले आफ्नो राजदूतावासका केही कर्मचारी र परिवारका सदस्यहरूलाई उद्धार गर्न थालिसकेको स्थानीय सञ्चार माध्यममा बताइएको छ । रुसले कुनै पनि बेला आक्रमण गर्न सक्छ भन्ने अमेरिकी अभिव्यक्तिले आफ्नो मुलुकमा आर्थिक संकट निम्तन थालेको युक्रेनले भन्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्