२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


प्रिमियर लिगः चेल्सी र म्यान्चेस्टर सिटी विजयी


0
Shares

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा चेल्सी र म्यान्चेस्टर सिटी विजयी भएका छन् ।

आफ्नै मैदानमा सम्पन्न लण्डन डर्बीमा चेल्सीले टोटनह्याम हट्सपरलाई २–१ ले हरायो ।

जोजे मौरिन्होको टोली टोटनह्याम विरुद्ध फ्राङ्क लाम्पार्डको टोली चेल्सीलाई विजयी गराउन ओलिभर जिरु र मार्कस अलन्सोले एक एक गोल गरे ।

चेल्सीकै एन्टोनियो रुडिगरले एक आत्माघाती गोल गरेपछि टोटनह्यामले हार अन्तर कम गर्‍यो ।

प्रिमियर लिग फुटबलकै अर्को खेलमा म्यान्चेस्टर सिटीले लेष्टर सिटीलाई १–० ले पराजित गर्‍यो ।

म्यान सिटीका लागि सब्सटीच्युट खेलाडी ग्याब्रियल जिससले ८० औं मिनेटमा निर्णायक गोल गरे ।

गएराती भएका अन्य खेलहरुमा बर्नलेले बर्नमाउथलाई ३–० ले हराउँदा साउथह्याम्पटनले एस्टन भिल्लामाथि २–० को नित निकाल्यो ।

यसैगरी क्रिष्टल प्यालेसले न्युकासल युनाईटेडलाई १–० ले हराउँदा शेफिल्ड युनाईटेड र ब्राइटनले १–१ गोलको बराबरीमा चित्त बुझाए ।