
एजेन्सी । स्पेनिल लिग फुटबल ‘ला–लिगा’मा साविक विजेता बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ ।
गएराती भएको खेलमा आईबारलाई ५–० ले हराउँदै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो ।
घरेलु मैदानमा बार्सालाई विजयी गराउन लियोनल मेस्सीले ह्याट्रिकसहित चार गोल गर्दा अर्थरले एक गोल थपे ।
जितसँगै बार्सिलोनाले २५ खेलबाट ५५ अंक जोडेको छ । दोस्रो स्थानमा झरेको रियाल मड्रिडको ५३ अंक छ ।
गएरातीको खेलमा रियाल मड्रिडलाई लेभान्तेले १–० ले हरायो ।
ला लिगाका अन्य खेलहरुमा सेल्टा भिगोले गेटाफेलाई १–० ले हराउँदा रियाल सोसिडाडले भ्यालेन्सीयालाई ३–० ले हरायो ।
प्रतिक्रिया दिनुहोस्