२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


दिदीबहिनी कप महिला भलिबलको उपाधि एपीएफलाई


0
Shares

पर्वत, फागुन १० । पर्वतमा सम्पन्न चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफले जितेको छ ।

शनिबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सेटमा पराजित गर्दै एपीएफले असअघिको विजयीलाई निरन्तरता दिँदै उपाधि हात पारेको हो ।

जितसँगै एपीएफले नगद दुई लाख रुपैयाँ पाएको छ भने उपविजेता पुलिस क्लबले नगद एक लाख रुपैयाँमै चित्त बुझाउनुपर्‍यो ।

यस्तै, तेस्रो स्थानका लागि भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै होङवान्जी न्यू डायमन्ड एकेडेमीले बाजी मारेको छ । तेस्रो बनेको डायमन्डले ५० हजार रुपैयाँ पायो ।

तेस्रो स्थान र फाइनलका लागि शुक्रबार नै खेल खेलाउने भनिएको भएपनि वर्षा भएर खेलमैदान चिप्लो बनेपछि दुवै खेल आजका लागि सारिएको थियो ।