२ असार २०८२, सोमबार | Tue Jun 17 2025


महाधिवेशनको माग गर्दै नेविसंघका विद्यार्थीले बुझाए झण्डा


130
Shares

काठमाडौं । महाधिवेशनको माग गर्दै नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थीले बिहीबार कांग्रेस पदाधिकारीहरूलाई झण्डा दिएका छन् ।

कांग्रेस पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्नुअघि विद्यार्थीले नेपाल विद्यार्थी संघको वैधानिक महाधिवेशन गर्न दवावस्वरूप महामन्त्री विश्वप्रकाश शर्मालाई झण्डा हस्तान्तरण गरेका हुन् ।

विद्यार्थीले सडकमै बसेर तत्कालै झण्डा बनाइ पार्टी महामन्त्री शर्मा मुख्यसचिव कृष्णप्रसाद पौडेल मार्फत पार्टी पदाधिकारीलाई हस्तान्तरण गरेका हुन् ।

लामो समयदेखि नेपाल विद्यार्थी संघको महाधिवेशन हुन सकेको छैन ।